२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाको २६० औँ दिवसमा जुम्लाका दुई जना सम्मानित

नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा जुम्लाका दुई जनालाई सम्मानित भएका छन्। सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो।  

जुम्लाका स्थायी घर भई मुगु जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र जुम्लाका विष्णुबहादुर बुढ्थापालाई सेनाको जङ्गी अण्डा काठमाडौँले कदर पत्रसहित सम्मान गरेको हो।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी महतले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन ०७९ स्वच्च, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण निकायका प्रमुख तथा छिमेकी जिल्लाका सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बर्षातको कारण अवरुद्ध सडक सुचारु गर्न भुमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो।

यस्तै अर्को जुम्ला जिल्लाका समाजसेवी बुढ्थापालाई नेपाली सेनाका विभिन्न गतिविधिहरुमा अमूल्य योगदान दिई सेनाको छवि उच्च राख्न सहयोग गरेको भन्दै सम्मान गरिएको हो। यस्तै मुगुका प्रहरी नायव उपरीक्षकलाई पनि सम्मान गरिएको छ। शनिबार विशेष समारोहबिच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतिसबाजी प्रदर्शन गरिएको थियो। 

दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७९ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App