१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सांसद चन्द्र भण्डारीको मुम्बईमा उपचार सुरु, आज शल्यक्रिया हुँदै

ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीको मुम्बईमा उपचार सुरु भएको छ।  

बिहिबार उपचारको लागि मुम्बई लगिएका भण्डारीको लगत्तै उपचार सुरु गरिएको थियो। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीेका अनुसार भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार सुरु भएको हो।

उनका अनुसार आज बिहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया हुने तय भएको छ। मुम्बईमा भण्डारीको साथमा रहेका कांग्रेस नेताद्वय योगराज कँडेल र माधव न्यौपानको भनाई उदृत गर्दै शिवाकोटीले भण्डारीको स्वास्थ्य अहिले अवस्था स्थिर रहेको बताए।

भण्डारीको साथमा नेपालबाट गएका सातजना चिकित्सकको टोलीसहित ११ जना छन्। उनलाई बिहीबार दिउँसो मुम्बई लगिएको थियो।

बुधबार राति घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। जलेर घाइते भएकी उनकी आमाको उपचारको क्रममा बिहीबार बिहान निधन भएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७९ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App