२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ग्यास विस्फोटबाट घाइते कुसुमलाई काठमाडौं लगियो

घाइते कुसुम केसीलाई बुद्ध एयरको जहाजमार्फत काठमाडौं लैजाँदै। तस्बिर: नागरिक

खाना पकाउने ग्यास लिक भई विस्फोट भएर दाङमा घाइते भएकी कुसुम केसीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहचौरास्थित कृषि बिउँ उत्पादन कम्पनीमा बिहीबार बिहान ११ः४० बजे ग्यास लिक भई विस्फोट हुँदा कुसुमसहित दुई जना घाइते भएका थिए। 

राप्ती प्रादेशिक अस्पताल दाङमा प्रारम्भिक उपचार गरेर कुसुमलाई दिउँसो नेपालगन्ज ल्याइएको थियो। भेरी अस्पताल नेपालगन्जमा उनको उपचार गर्न सम्भव नभएपछि चिकित्सकले काठमाडौं लैजान सल्लाह दिएका हुन्। 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। बद्री चापागाईको समन्वयमा बिरामीलाई बुद्ध एयरमार्फत बेलुका काठमाडौं पठाइएको हो। 

नेपालगन्ज विमानस्थल कार्यालयका प्रहरी इन्चार्ज ९सई० रबिन्द्र बमका अनुसार बेलुका साढे ६ बजेतिर बिरामीलाई काठमाडौं पठाइएको थियो। चिकित्सकका अनुसार घाइते कुसुमको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचार हुने भएको छ। चिकित्सकका अनुसार कुसुमको कम्मर मुनिको करिब ३० प्रतिशत भाग जलेको बताइएको छ। 

बिरामीका आफन्तका अनुसार बलिरहेको सिलिण्डर उचालेर बाहिर लैजाने क्रममा उनको शरीरमा आगो सल्किएको थियो। ‘घरलाई आगलागी हुनबाट जोगाउन बलिरहेको सिलिण्डर उचालेर बाहिर लैजान खोजेपछि कुसुमको शरीरमा आगोले भेटाएको हो,’ एक आफन्तले भने ‘यदि सिलिण्डरलाई बाहिर नल्याएको भए घर नै सखाप हुने हुन्थ्यो होला।’

प्रकाशित: ४ फाल्गुन २०७९ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App