१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

मुर्तिको स्वरुप बिगारेको भन्दै प्रर्दशन

महाशिव रात्रीको मुखैमा तौलिहवा स्थित प्राचिन तालेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको बसाहाको मुर्तिको स्वरुप बिगारेको भन्दै स्थानीयबासी बिरोधमा उत्रेका छन्।

मन्दिर ब्यवस्थापन समितिले सुन्दरीकरण गर्ने नाममा ग्लेन्डरको प्रयोग गरी बसाहाको मुर्तिको स्वरुप बिगारे पछि स्थानीयबासी आक्रोसित बनेका हुन्।

आइताबार दिउँसो साढे ३३ बजेतिर समितका सचिव  हरिशचन्द्रलाल श्रीवास्तवको अगुवाइमा काठमाडाैंका कालीगढले मुर्तिमा ग्लेन्डर प्रयोग गरेको मन्दिरका पुजारी दुर्गेश गोस्वामीले बताए। उनले आफूले त्यसो नगर्न आग्रह गर्दा पनि सचिव श्रीवास्तवले नमानेको बताए। एक घन्टा लगाएर मन्दिरको स्वरुप परिवर्तन गरिएको थियो। समितिले मुर्तिलाई ढोक्ने गरी पित्तल आकारको बसाहा त्यस माथी राख्नका लागि सो कार्य गरिएको जनाइएको छ। बसाहाको स्वरुप परिवर्तन गरिए पछि आक्रोसित बनेको राष्ट्रिय हिन्दु परिषद, विश्व हिन्दु परिषद र गौबंश संरक्षण समितिका सदस्यहरुले मन्दिर परिषरमा बिरोध प्रर्दशन गरेका छन्।

उनीहरुले तौलेश्वर शिव मन्दिर बचाऔ भन्दै संघर्ष समिति समेत गठन गरेका छन्। संघर्ष समितिका अध्यक्ष अशोक पाण्डेयले मन्दिर ब्यवस्थापन समितिले मनोमानी तरिकाले बसाहाको मुर्तिको स्वरुप परिवर्तन गरको प्रति खेद प्रकट गरे। उनले धार्मिक आस्थाम माथी नै चोट पुरेयाउर्ने कार्यका संलगनलाई काड कारबाही हुनु पर्ने उनले माग गरे। सघर्ष समितिले मन्दिर देखि प्रशासन कार्यालय सम्म बिरोध प्रर्दशन समेत गरेको छ। समितिले प्रशासन कार्यालयलाई  ज्ञापन पत्र समेत बुझाएका छन्।

ज्ञापन पत्रमा दोषीमाथी कडा कारबाही गरिनु पर्ने माग गरिएको छ। प्रचिन स्मारक ऐन अनुसार पनि सय वर्ष पुरानो कुनै पनि संपदालाई क्षति पुर्याउन पाइन्न। समितिले आफूहरुले बसाहाको सुन्दरीकरण गर्नका लागि मात्र सो कार्य गरिएको बताएको छ। गलत नियत र धार्मिक आस्थामाथी आफूहरुको चोट पर्याउने कुनै नियत नभएको समितिले जनाएको छ।

स्थानीयको बिरोध पछि प्रहरीले मन्दिर ब्यवस्थापन समितका सचिव हरिशचन्द्रलाल श्रीवास्तव र काठमाडाैंबाट आएका एक जना कालीगढलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। उनले घटनाको अनुसंधान गरिने र आवश्यक्ता अनुसार कारबाही प्रकृया अघि बढाइने बताए। स्वरुप बिग्रेको बसाहाको मुर्तिलाई छोपेर राखिएको छ।  

प्रकाशित: १ फाल्गुन २०७९ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App