१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

उपत्यकामा ट्राफिक जामः सवारी अलपत्र, यात्रु पैदल

काठमाण्डौको उपत्यकामा अहिले सवारी जाम भएकाे छ। आज दिउँसो बसपार्क क्षेत्रमा आन्दोलन भएसँगै ट्राफिक जाम भएकाे हो।

ट्राफिक जामका कारण एम्बुलेन्स र अत्यावश्यक सवारीसाधनलाई पनि समयमै गन्तव्यमा पुग्न कठिन परेको छ भने यात्रुहरु पनि अलपत्र परेका छन्।

उपत्यकाको प्रमुख सडकहरु रत्नपार्क देखि चक्रपथ, रत्नपार्क देखि सोहखुट्टे बसपार्क सडक खण्डमा बढी सवारी जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले जानकारी दिए। 

यातायात मजदुरको आन्दोलनका कारण सोमबार दिनभर बालाजु क्षेत्र तनावग्रस्त बनेको थियो भने आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी पनि जलाएका थिए। सवारी साधन नपाएर यात्रुहरु अलपत्र परेका छन्। यात्रुहरु पैदल हिडेर नै गतव्यतर्फ जान बाध्य भएका छन्। 

प्रकाशित: १ फाल्गुन २०७९ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App