८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कृषि क्षेत्रको विकासका लागि सिचाईको व्यवस्था र छाडा चौपयाको व्यवस्थापनमा जोड

कृषि क्षेत्रको विकासका लागि कपिलवस्तुमा सिचाई र छाडा चौपयाको व्यवस्थापन गरिनु पर्नेमा जोड दिइएको छ । कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको संचारकर्मी अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले कपिलवस्तुमा सबै भन्दा ठुलो समस्या सिचाई र  छाडा चौपायाको रहेको बताए । उनले ती दु्ई कुराको व्यवस्थापन गर्नमा सबैले पहल गर्नु पर्ने बताए। 

८३ हजार खेती योग्य जमिन मध्ये अहिले सम्म १२ महिने सिचाई पुग्ने क्षेत्र केवल २० प्रतिशत मात्र रहेको छ। उनले तीन वटै तहका सरकारले सिचाई र छाडा चौपायको व्यवस्थापनमा लाग्नु पर्ने बताए । ‘ सिचाई र छाडा चौपायाको व्यवस्थापन भए कपिलस्तुको कृषि क्षेत्रमा ठुलो सुधार आउछ ’ उनले भने । कार्यक्रममा पहुचवालाले पटक पटक अनुदान पाए पनि वास्तविक कृषक भने अनुदानबाट बंचित रहको संचारकर्मीले ध्यानाकषर्ण गराएका थिए। यस्तै जिल्लाको चन्द्रौटा, गाबेरी, चार नम्बर लगातयका स्थानमा सरकारी अनुदानमा बनाइएको कोल्ड स्टारेज प्रयोग बिहीन अवस्थामा रहेको कुरा उठेको थियो। 

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रबिन्द्र चौबेले चालु आर्थिक बर्ष २०७९÷०८० कालागि बिभिन्न ६ वटा कार्यक्रम चालु र पुजीगत खर्च गरी ६ करोड ९३ लाख १८ हजार रकम बिनियोजित रहेको जानकारी गराएका थिए । जिल्ला खाद्यान्न , तरकारी र फलफुलमा आत्मनिर्भर रहे पनि  दलहन र तेलहनमा भने अपुग रहेको उनले बताए । कार्यालयबाट अहिले सम्म सम्पन्न गरेका तथा प्रकृयामा रहेका कार्यक्रमको बारेमा जानकारी गराइएको थियो। 

कार्यक्रममा स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, अभियानमुखी कृषि विकास कार्यक्रम, कृषि विषय अध्ययन गरेका युवाहरुका लागि उद्यमशिलता विकास कार्यक्रमबारे प्रस्तुतीकरण गरिएको थियो । व्यवसायिक कृषि उत्पादन केन्द्र, ब्लक विकास कार्यक्रम, लगायत कार्यक्रमका लागि बिनियोजित बजेट तथा प्रकाशित गरिएको सुचनाको बारेमा जानकारी गराईएको थियो । ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेको अध्यक्षता शिवपुजन गुप्ताको संचालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति अधिकारी भुमिराम पोखे्रल र पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्यको सहभागीता थियो।  

प्रकाशित: २९ माघ २०७९ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App