coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

भक्तपुर नगरपालिका ९ ब्रह्मायणीस्थित काईली तामाङले संचालन गरेको खाजा घर (होटल) मा रहेको कोठामा वर्ष १४ की बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

माघ २२ गते आफ्नी छोरीमाथि बलात्कार गरेको भनी बालिकाकी आमाले प्रहरी वृत्त जगतीमा दिएको जाहेरी दरखास्तको आधारमा सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका वडा नं ३ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष १९ को लाक्पा ग्याल्जेन तामाङलाई गरेको प्रहरीले जनाएको छ।

उनलाई कोटेश्वरबाट वृत्त जगातीबाट खटिएको प्र.ब.ना.नि.श्यामसुन्दर भ्याजुको टोलीले नियन्त्रणमा लिई वृत्त जगतीमा ल्याई राखिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए। साथै निज होटल संचालिका तथा जबरजस्ती करणी सहयोगी भूमिका निर्वाह गर्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-३ घर भई हाल सोही स्थान। ब्रह्मायणी बस्ने वर्ष ६० की काईली तामाङलाई समेत नियन्त्रणमा लिई वृत्त जगतीमा ल्याई राखिएको उनले जनाए।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ। घटनास्थल स्थान वृत्त जगातीबाट २ कि.मि.उत्तर पूर्वमा पर्दछ।

प्रकाशित: २८ माघ २०७९ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App