१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी

पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको छ। लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा भीषण आगलागी भएको हो।

सो भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा लगायत पनि छन्। आगलागीका कारण सेलवेजको सेल्सबेरी शाखाका अधिकांश भाग जलेर नष्ट भएका छन्। आगलागी नियन्त्रणमा वारुणयन्त्र सहित प्रहरी र स्थानिय लागि परेका छन्। पर्यटन व्यवासायी सोम थापाले अहिले आगलागी भईरहेको र नियन्त्रणमा लिने प्रयास भईरहेको बताए। त्यही भवनमा कम्तिमा आधा दर्जन बैंकको एटिम पनि संचालित छन्। 

थापाका अनुसार अहिलेसम्म पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र आगलागीस्थलमा पुगेका छन् । भुइतलामा अहिले आगलागी भईरहेको छ। त्यही भवनभित्र अरु व्यापारिक पसल पनि संचालन छन् । भवनभित्रका पसलका सामान बाहिर निकाल्ने प्रयास भईरहेको छ ।

प्रकाशित: २८ माघ २०७९ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App