१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,दुई घाइते

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

पाणिनी गाउँपालिका ८, पालिमा शनिवार बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको छ। उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक २२ वर्षीय चाम बहादुर कुमाल र  ३९ वर्षीय शंकर बहादुर कुमाल घाइते छन्। उनीहरूलाई उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्ण प्रसाद घिमिरे जानकारी दिए।

तल्लो पङगेनीबाट दाउरा लिन जाँदै गरेको ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी १५० मिटर तल खसी दुर्घटना भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ माघ २०७९ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App