२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डाक्टरलाई कुट्ने प्रहरी निलम्बित

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल  सिहमाथी कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।  

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार  गुरुङ निलम्बन गरेको नागरिक न्युजलाई बताए।  

उनले भने, ‘वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ। अब उहाँमाथि थप अनुसन्धान र कारबाहि हुन्छ। हामि डाक्टरहरुसँग छलफल र वार्ताको प्रकृयामा छौँ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा.जेनिथ सिंहमाथि हातपात गरेका थिए। शुक्रबार गुरुङले डा सिंहलाई वीर अस्पताल अगाडी कुटपिट गरेका थिए।

प्रकाशित: २८ माघ २०७९ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App