२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गुल्मीमा ट्याक्टरले किचेर एककाे मृत्यु

गुल्मीको धुर्कोटमा ट्याक्टरले किचेर एक जनाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका‐२, पिपलधारामा  ट्याक्टरले किच्दा सोही ठाउँका २२ वर्षिय सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको लु ४ त ७६५६ नम्बरको ट्याक्टरमा सवार परियार एक्कासी ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको हो।

चालक र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २७ माघ २०७९ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App