१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

राष्ट्रपतिको सवारीमा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्सकमाथि लाठी चार्ज

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा हिँडेको भन्दै आज दिउँसो राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक सर्जन डा. जनीथ सिंहलाई सुरक्षाकर्मीले लाठी चार्ज गरेकाे छ। 

शुक्रबार राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ।

गम्भीर घाइते सिंहको ट्रमा सेन्टरमा उपचार भइरहेको सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले बताए। सिंह डीउटीका लागि अस्पताल आउँदै गर्दा प्रहरीले लाठी प्रहार गरेको थियो। 

आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेको मरासिनीले बताए। प्रहरीले सिंहकाे टाउकोमा लाठी चार्ज गरेकाे थियाे।

यता प्रहरी प्रवक्ता पोषराज पोखरेलले डाक्टरलाई केहि समय पर्खर्नु भन्दा उनले हात उठाएपछि प्रहरीले त्यसकाे प्रतिकार गरेको बताए। उनले भने,'राष्ट्रपतिको सवारीमा हामीले उहाँलाई हामीले केहि बेर पर्खनु भनेका थियौं, तर उहाँले प्रहरीमाथि हात उठाउनु भयो। त्यसको प्रतिकारमा प्रहरीले लाठी चार्ज गरेको हो।'

चिकित्सकमाथी  प्रहरीको दुर्व्यवहार गरेको भन्दै यतिखेर  ट्रमा सेन्टरका चिकित्स आन्दोलित छन्। प्रहरी र अस्पतालबीच अहिले छलफल भइरहेको छ।  

प्रकाशित: २७ माघ २०७९ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App