१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नरहरिनाथलाई एम्बुलेन्स सहयोग

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तानान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो। नेपाल रेडक्रस सोसाइटी उपशाखा र नरहरिनाथ गाउँपालिकाको विशेष पहलमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए। एम्बुलेन्स सेवासँगै स्थानीयलाई सहज हुने गाउँपालिकाको विश्वास छ।

नरहरिनाथ गाउँपालिका र नेपाल रेडक्रस उपशाखा नरहरिनाथको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागेको नेपाल रेडक्रस कालिकोट जिल्ला सभापति बलप्रसाद सज्याले बताए। गाउँपालिकामा एम्बुलेन्स अति आवश्यक रहेका बेला रेडक्रसले एम्बुलेन्स दिएकाले यहाँका नागरिकलाई अस्पताल पुग्न केही सहज हुने वडा नम्बर ९ का अध्यक्ष प्रदीप बोहोराले बताए। नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो।

प्रकाशित: २७ माघ २०७९ ००:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App