३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

लागु औषध नियन्त्रणका लागि सिमा नाकामा कडाई गरिने

लागु औषध नियन्त्रणका लागी कपिलवस्तुका सिमा नाकामा थप कडाई गरिने निर्णय गरिएको छ। लागु औषधका दुर्व्यसनी र कारोबारी बढेको भन्दै त्यसको नियन्त्रणका लागी सिमा क्षेत्रमा निगरानी बढाई थप कडाई गरिने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले तौलिहवामा राखेको लागु औषध नियन्त्रणका लागी सरोकारवाला बिच समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो। प्रजिअ शंकर हरि आचार्यले लागु औषधको कारोबारलाई रोक्न सिमा क्षेत्रमा थप कडाई गर्ने निर्णय गरिएको बताए। उनले सिमा क्षेत्रमा थप गस्ती बढाइने बताए।

‘लागु औषधको कारोबारलाई रोक्न सिमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाइने छ ’ प्रजिअ आचार्यले भने ‘ यसकालागि सबैले सूचना आदानप्रदान गर्ने समेत निर्णय गरेका छौ’।

भारतबाट प्रतिबन्धित नारकोटि ड्रग, स्माईक हेरोईन लगायतका लागु औषध नेपाल र नेपालबाट चरेस अफिम लगायतका लागु औषध भारत तर्फ लुकीछिपी ल्याउने लैजाने गरिएको छ। गत असोजमा जिल्लाका विभिन्न औषधी पसलमा अनुगमन गर्दा कयौ‌ पसलमा नारकोटिक ड्रग समेत बिक्री गरिएको भेटिएकाले त्यस्ता औषधी पसलमा अनुगमन र निरीक्षण गरिनेछ। 

यस्तै जिल्ला भित्र रहेको औषधी पसलको अनुगमन गर्ने र त्यहाँ बिक्री गर्ने औषधीको विवरण माग्ने र त्यसको समन्वय स्वास्थ्य कार्यालयले गर्ने छ। लागु औषध नियन्त्रणका लागि जनचेतना मूलक कार्यक्रम संचालन गर्ने र जिल्लाका दश वटै पालिकासँग त्यसकालागि छलफल गरी नियन्त्रणकालागि पहल गरिने बैठकले निर्णय गरेकाे हाे।

प्रकाशित: २४ माघ २०७९ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App