५ वैशाख २०८१ बुधबार
समाज

रोकेको ट्रकमा बस र कार ठोक्किदा एकको मृत्यु दुई घाइते

भैरहवाको अञ्चलपुरमा रोकी राखेको ट्रकमा आज बिहानै बस र कार ठोक्किदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन। सडकमा रोकी राखेको लु २ ख ६०६ नम्बरको ट्रकमा बुटवलबाट भैरहवा जाँदै गरेको  लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको कार ठोक्किएको थियो।  

दुर्घटनामा परी बसमा सवार तनहुँको भिमाद नगरपालिका ५ का २१ बर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सोही बसमा सवार पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाँउपालिका १ का १६ बर्षका दिपेश घिमिरे र सोही ठाँउका ३९बर्षका बासु घिमिरे घाइते भएका छन।  उनीहरु तिनै जना बसका कर्मचारी रहेको बताइएको छ।

दुर्घटनाको समयमा बसका हेल्पर रहेका तिवारीले बस चलाएको र उनको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। बसका चालक बासु घिमिरे र दिपेश घिमिरेको उपचार भैइरहेको छ। अञ्चलपुर स्तिथ पेट्रोलपम्प अघिल्तीर रोकी राखेको ट्रकमा बिहान करिब पौने चार बजेतिर बस र कार ठोक्कीएको थियो। कारमा क्षती पुगेपनि त्यसमा सवार व्यक्ति भने सकुसल रहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २३ माघ २०७९ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App