२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कुल बसले ठक्कर दिँदा सर्लाहीमा एकको मृत्यु, दुई घाइते

सर्लाहीमा बस र मोटरसाइकल एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सर्लाहीको मलङ्गवामा शनिबार भएको सवारी दुर्घटना परि कबिलासी नगरपालिका ९ सलेमपुरका १८ वर्षीय दीपेन्द्र महतोको मृत्यु भएको हो। सर्लाही सदरमुकाम मलङ्गवा–नवलपुर सडक खन्डको मलङगवा ४ स्थित मुख्य सडकमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मलङगवा स्थित जेसिसी बोर्डिङकाे ना १ झ ४९५१ नम्बरको स्कुलबसले विजडम ट्युसन सेन्टरका विद्यार्थीलाई लिएर जाँदै गर्दा भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिइएको प्रहरीले जनाएको छ।

बिआर ०६ बिपि ३५१३ नम्बरको मोटरसाइकलमा तीन जना बसेको र दुर्घटनामा महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेश राज सुबेदीले बताएका छन्।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा कबिलासी नपा १० का सबनम महतो र पूजा महतो रहेकाे प्रहरीले जनाएको छ।  घाइते दुवैको मलङगवा स्थित सरकारी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि वीरगन्ज लगिएको प्रहरीको भनाइ छ।

सवार दुर्घटनाका स्कुल बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको एसपी सुबेदीले बताए।

प्रकाशित: २१ माघ २०७९ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App