कालिकोटको तिलागुफा नगरपालिकामा गाल्जेमा सत्यदेवीको मेला हेर्न जाने क्रममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन्।
भे १ ह ५९२२ नम्बरको अटो खल्लागाडको तल्लो मोडमा दुर्घटना हुँदा जुम्लाको हिमा गाउँपालिका ४ का बिर्ख बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा उनकी पत्नी र छोरी रहेकी छिन्।
उक्त अटोमा चालकसहित ४ जना सवार थिए।
प्रकाशित: २० माघ २०७९ २२:०३ शुक्रबार