जुम्लामा फरार सूचीमा रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका –५ का ३१ वर्षीय विकास सुनार रहेका छन्। उनलाई सोमबार दिउँसो ३ बजे जुम्लाको सदरमुकाम खलंगा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।
जिल्ला अदालत जुम्लाको २०७४ जेठ १४ गतेको फैसला आदेशले अवैध गर्भपतन मुद्दामा सुनारलाई २ सय ५० रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो।
प्रकाशित: १६ माघ २०७९ २२:१६ सोमबार