२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एघार सय लिटर नक्कली मह बरामद

कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुरमा ११ सय ४० लिटर नक्कली मह बेवारिसे अवस्थामा प्रहरी बरामद गरेको छ।

प्रहरीको मोबाइल गस्ती टोलीले देउराली टोल स्थित पूर्व पश्चिम राजमार्गको उत्तर तर्फको किनारामा चिनी पगालेर बनाए जस्तो देखिने नक्कली मह बरामद गरेको हो।

१५ लिटरको ७६ वटा प्लास्टिकका डिब्बामा राखिएको अवस्थामा नक्कली मह बरामद भएको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए। बरामद नक्कली महको मूल्य २ लाख ८५ हजार रहेको प्रहरीले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १६ माघ २०७९ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App