८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बहुविवाहका फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले १ जना बहुविवाहका फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो साढे १ बजेतिर नियन्त्रणमा लिइएको डिएसपी नरेन्द्र चन्दले बताए।

जुम्लाको चन्दननाथ नगरपालिका-१ ठिन्के भने ठाउँबाट सादा पोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको उनले जनाए। प्रहरी सहायक निरिक्षक कुलबहादुर रोकायाको नेतृत्वमा खटाएको टोलीले पक्राउ गरेको हो।

बहुविवाह मुद्दाका फरार अभियुक्त जुम्लाको  पातारासी (६ का लक्ष्मी विष्ट रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालत जुम्लाले २०७८।१२।११ गतेको फैसलाले १० हजार ९दश हजार० जरिवाना र १० महिना २८ दिन कैद सजाय सुनाएको थियो।

ठिन्केबाट पक्राउ गरी बहुविवाह मुद्दाका फरार अभियुक्त जुम्लाको  पातारासी (६ का लक्ष्मी विष्टलाई जिल्ला अदालत जुम्लामा पेश गरिएको छ।

प्रकाशित: १६ माघ २०७९ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App