६ चैत्र २०८० मंगलबार
समाज

साढे दुई करोडभन्दा बढी लागतमा गौरमा विष्णु महायज्ञ

रौतहट सदरमुकाम गौरमा विष्ण महायज्ञको भव्य तयारी थालिएको छ। फागुन ४ देखि नौ दिनसम्म गौरस्थित राइस मिल फिल्डमा श्री अनन्त विष्णु महायज्ञ चल्ने आयोजकले जनाएको छ।

महायज्ञको लागि भारतको अयोध्यास्थित दशरथ मन्दिरबाट पुजारी बोलाइसकिएको छ। विश्व कल्याणको लागि अयोध्याबाट श्री रामअनुग्रह दास महाराजको आगमन भइसकेको र महायज्ञमा करिब २ करोड ५४ लाख रुपैया खर्च हुने महायज्ञ समितिका उपाध्यक्ष नवीन कुमार सिंहले जानकारी दिए।

महायज्ञमा संगीतमय श्रीराम कथा वाचनका लागि भारतका प्रख्यात कथावाचक राजर्षि सुदर्शनजी महाराज, अन्तर्राष्ट्रिय प्रवक्ता देवी हेमलत्ता शास्त्री र अन्य गुरु तथा विद्वानजनको आगमन हुने उपाध्यक्ष सिंहको दाबी रहेको छ।

यज्ञस्थलमा १०८ देवी देवताको प्रतिमा बनाएर पूजापाठ हुने आयोजकको भनाइ छ। पूजापाठ गराउन भारतको अयोध्या तथा बनारसबाट ७१ जना आचार्य पन्डित आउने र वैदिक मन्त्रोच्चारण गरेर महायज्ञ गरिने आयोजकको दाबी छ।

गौर राइस मिल फिल्डमा नौ तले यज्ञशाला निर्माणाधीन अवस्थामा रहेको छ । महायज्ञको सुरुआतको दिन फागुन ४ मा ११ हजार भन्दा बढी कुमारी कन्याले बागमती नदीबाट जल ल्याई कलशयात्रा गरिने तयारी गरिएको छ।  

कलशयात्रामा सजाइएको हात्ती, महायज्ञका घोडाका साथै आकाशबाट पुष्पवृष्टिका लागि हेलिकप्टरको पनि व्यवस्था गरिएको आयोजकको दाबी छ। विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने र सम्पूर्ण वातावरणलाई धार्मिक बनाइने आयोजकको तयारी रहेको सिंहले बताए।  

प्रकाशित: १५ माघ २०७९ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App