१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पेस्तोलसहित दुई युवक पक्राउ

प्रहरीले धनुषाको मिथिला नगरपालिका–२ नकटाझिझको विश्वकर्मा चोकबाट पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सोही ठाउँको २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो छन्।  

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले गत बिहीबार साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको धनुषा प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए।

पक्राउ परेका रोशनको बायाँपट्टिको कम्मरबाट एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। बरामद पेस्तोल रोशनले शंकरसँग किनेको अनुसन्धानबाट खुलेपछि प्रहरीले शंकरलाई पक्राउ गरेको थियो। प्रहरीले पेस्तोलमा प्रयोग हुने लोड गरिएको म्याग्जिन एक थान समेत बरामद गरेको छ।  

प्रकाशित: १४ माघ २०७९ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App