काठमाण्डौ उपत्यकाको जमल लैनचौर केशरमहल खानीविभाग र लाजिम्पाट एरिया तिर सवारीको चाप वढी भएकाले ट्राफिक जाम भएको छ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय सिंहदरबारका अनुसार दिउँसो १ बजे खानी विभाग , लैनचौर, केशरमहल र जमलमा सवारी साधन केहि क्युमा चलिरहेका छन्। केही समय लगाएर सवारी गुडाउनु पर्ने अवस्था रहेको छ।
यसबाहेक कोटेश्वर, नयाँबानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सातदोबाटो, ग्वार्को, चाबहिल, गौशाला, नारायणगोपालचोक र बालाजु चोकमा सवारी साधन केही समय रोकिनु पर्ने अवस्था रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरीने सवारी साधन भने सामान्य तवरले नै संचालन भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय जानकारी दिएको छ।
प्रकाशित: १२ माघ २०७९ १३:३८ बिहीबार