coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

मोरङ र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। बुधबार विराटनगर महानगरपालिका वडा नं. ३ ढाट क्षेत्रमा को ३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्किएर दुर्घटना हुँदा घाइते भएका मोटरसाईकल चालक धरान उप–महानगरपालिका वडा नं. ८ का ५५ वर्षीय प्रेम बहादुर श्रेष्ठको मृत्यु भएको छ। उनको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको प्रदेश नंं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

बुधबार साँझ सुन्दरहरैँचा नगरपालिका–७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि घाइते भएका सहचालक सुन्दरहरैचा वडा नं. ७ का २२ वर्षीय श्यामबहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको छ।

यस्तै, बुधबार नै मोरङ बुढीगंगा वडा नं.  ३ स्थित मुडेरीको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको अवस्थामा साइकल यात्री सिकिस्त भएकोमा उपचारका लागि अस्पताल पु¥याएपछि मृत्यु भएको छ। सुनसरी दुहवी वडा नं. १२ का ४८ वर्षे देवकुमार उराव अचानक साइकलबाट लडी बेहोस भएको अवस्थामा स्थानीयले देखेर उपचारको लागि विराट मेडिकल टिचिङ् अस्पताल पठाइएकोमा राति  मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।  

यता, सुनसरीको इटहरी वडा नं. १२ स्थित कोशी लोकमार्गमा प्रदेश १–०४–००१ च ०१९८ नम्बरको पिकअपले साईकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पिकअपको ठक्करबाट गढी गाउँपालिका वडा नं. १ सुनसरीका ६० वर्षीय आनन्द चौधरीको मृत्यु भएको हो। चौधरीको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।  

प्रकाशित: १२ माघ २०७९ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App