२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङको जंगलमा लागेको आगोको जोखिम तत्काललाई टर्‍यो

ताप्लेजुङ पाथीभरा क्षेत्रको जंगलमा लागेको आगालागीको जोखिम तत्कालका लागि टरेको छ।

पाथीभरा मन्दिर देखि केही तलको जंगलमा मंगलवार अपरान्ह लागेको आगो माथिल्लो फेदीमा रहेको प्रहरी, स्थानीय बासिन्दा र पाथीभरा क्षेत्रका कर्मचारीहरूको सक्रियतामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताए।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा क्षेत्रको जंगलमा लागेको आगोको थप जोखिम बढ्न नदिन प्रहरी, स्थानीय बासिन्दा र पाथीभरा क्षेत्रका कर्मचारीहरू अहिले पनि आगलागी क्षेत्रमै रहेको जानकारी दिए। तत्काल कुनै जोखिम छैन’जिल्ला प्रहरी प्रमुख राईले भने।

पाथीभरा मन्दिरको दर्शन गर्न गएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल र सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति (सशस्त्र डिएसपी) विनोद थापाले पाथीभरा क्षेत्रबाटै आगलागी नियन्त्रणका लागि आवश्यक समन्वय गरेका थिए।

पाथीभरा क्षेत्रका कर्मचारी राजेन्द्र महतले आगलागी पूर्ण रुपमा नियन्त्रणमा नआए सम्म सोही क्षेत्रमा बसेर आगो नियन्त्रणका सबै प्रयास गर्ने योजनामा रहेको सुनाए।

दुईबर्ष अघि समेत पाथीभरा क्षेत्रमा आगलागी भई मन्दिर क्षेत्र नै जोखिममा परेको थियो। पछि मन्दिर क्षेत्र जोगिए पनि आगलागीले पाथीभरा क्षेत्रको प्राकृतिक सम्पदाको ठुलो हिस्सा विनाश गरेको थियो।

प्रकाशित: १० माघ २०७९ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App