१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कटहरिया नगरपालिकाले गरिबलाई दियो कम्बल

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश साहले गरिब तथा दलितलाई कम्बल प्रदान गरेका छन्। बुधवार एक समारोहबिच नगर प्रमुख साहले साठी जना गरिब तथा दलितलाई कम्बल प्रदान गरेका हुन्।

कटहरिया नगरपालिका ९ का साठी जनालाई कम्बल वितरण गर्दै नगर प्रमुख साहले अन्य वडाका पनि गरिब र दलितलाई कम्बल प्रदान गर्ने बताएका छन्।

लगातार जाडो बढेको र जाडोले जनजीवन प्रभावित भएपछि नगर प्रमुख साहले गरिब तथा दलितलाई कम्बल प्रदान गर्न थालेका हुन्।कम्बल पाएपछि ज्येष्ठ नागरिक तथा गरिब र दलितले खुसी व्यक्त गरेका छन्।  

प्रकाशित: ४ माघ २०७९ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App