१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी अधिकारीलाई खेल पत्रकारिता पुरस्कार

नागरिककर्मी गणेशदर्पण अधिकारी खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। अधिकारीलाई बागमती गोल्डकपको समापनमा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

आयोजक बाग्मती खेलकुद विकास समितिले यस वर्षबाट प्रदान गर्न सुरु गरेको खेल पत्रकारिता पुरस्कार अधिकारीलाई प्रदान गरिएको छ। 

उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। 

पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा सघाउ पुर्याएको भन्दै उनलाई पुरस्कार प्रदान गरिएको आयोजक बागमती खेलकुद विकास समिति अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३ माघ २०७९ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App