२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्जु महोत्सवमा झडप, सर्वसाधारण सहित प्रहरी घाइते

तस्बिर: नवीन गड्तौला/रासस

सुनसरीको दक्षिणवर्ती बर्जुमा सञ्चालित महोत्सवमा यस पटक पनि झडप हुँदा सर्वसाधारण र प्रहरी घाइते भएका छन्। 

झडपमा तीन प्रहरीसहित केही सर्वसाधारण घाइते भएका हुन्। सर्वसाधारण घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेकाले गर्दा यकिन संख्या नखुलेको प्रहरीले जनाएको छ।

अघिल्लो वर्ष पनि बर्जु महोत्सवमा आगजनी र तोडफोड भएको थियो। महोत्सवमा मंगलबार भारतीय चर्चित भोजपुरी कलाकार खेसरीलाल यादव आएपछि टिकट काट्नको ठूलो समूह भएपछि एक्कासी भित्र प्रवेश गर्ना खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले बताए। 

‘दिउँसो १ बजेतिर खेसरीलाल आउने भएपछि ठूलो संख्यामा टिकट काट्न लामबद्द भएर बसेका धेरैले टिकट काट्न नपाएको झोकमा ढुंगा हानाहान गरि झडप हुन पुग्यो,’ राईले भने, ‘हाम्रो प्रहरीतर्फ तीन जना घाइते भएकोमा डिस्चार्ज भइ सकेका छन्। सर्वसाधारण घाइतेको भने सवै रेकर्ड हामीसँग छैन्।’ 

उनका अनुसार थामी नसक्ने गरि मान्छे भएकैले गर्दा झडप भएको हो। महोत्सवमा २५ हजारभन्दा बढीको उपस्थिती रहेको थियो। अघिल्लो वर्ष भने कलाकार खेसरीलाल नआउँदा आगजनी र तोडफोड भएको थियो। महोत्सव वर्षेनी बर्जु सामूदायिक विकास केन्द्रले सञ्चालन गर्दै आएको छ।

एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर चराको मुख्य बासस्थान बन्दै आएको बर्जुतालको प्रचारप्रसार गर्न एक सातासम्म चलेको महोत्सव मंगलबार सकिएको हो। झडपपछि प्रहरीले स्थिती नियन्त्रणमा लिएकाले गर्दा भारतीय कलाकार खेसरीलालले झन्डै दुई घण्टा आफ्नो प्रस्तुती गरेपछि कार्यक्रम टुंगिएको जानकारी  दिइयो।

प्रकाशित: ३ माघ २०७९ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App