coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घर सम्हाल्दै आएकी ओसिन पोखरामा अस्ताइन्

तस्बिर: सामाजिक सञ्जाल

घरमा माघेसंक्रान्ति पर्वको तयारी चल्दै थियो। यती एयरलाइन्सककी विमान परिचालिका ओसिन आलेमगर पोखरा पुगेर पर्व मनाउने बाचाका साथ घरबाट निस्केकी थिइन्। 

तर, माघेसंक्रान्ति पर्व उनले सदाका लागि मनाउन पाइनन्। पोखरामा बिमान दुर्घटनामा परिन्। छोरीलाई बिहान पाँच बजेको कुराकानीमा माघीपर्व दिन अफिस नजाउ भनेको थिए। आज दुईवटा फ्लाईट सकाएर, माघी मनाउन आउँछु भनेकी थिइन्, बुबा मोहनले फोनमा भने। 

एयर होस्टेज ओमिस दुई वर्षदेखि यति एयरलाइन्समा काम गर्दै आएकी थिइन्। चितवनको माडीमा बस्दै आएका बुबा ममिलाई समेत छ महिनाअघि काठमाडौँ लगेकी थिइन्। तर, उनको रहर बिचमै टुंगियो। कहिल्यै नर्फने गरि आकाशमै अस्ताउन पुगिन्। 

ओसिमका दुई बहिनी र एक भाई छन्। उनी जेठी छोरी हुन्। उनको सानो चार वर्षको भाई छ। भाई र बहिनीलाई पढाउन उनले नै काठमाडौँ लगेकी थिइन्। बहिनीले जापान जाने तयारी गरिरहेकी छिन्। बुबा ममीलाई आफूसंगै राख्ने इच्छाका कारण काठमाडौँ लगेको उनको घरसंगै रहेका पुर्व वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। माडीमा आउँदा एयरलाइन्सको काम संगै समाज सेवा गर्ने इच्छा रहको उनले साथीभाईसंग व्यक्त गर्दथिन्।

उनका बुबाहरु पाँच भाई हुन्। दुई भाई माडी र ३ भाई भरतपुरमा बसोबास गर्दछन्। उनका बुबा मोहन आले मगर साइला भाई हुन्। उनका बुबा भारतीय सेनाको जागिरबाट अवकाश प्राप्त हुन्। माडी आफूसंगै बस्ने ठुला बुवाका छोराछोरीलाई समेत काठमाडौँ लगेर पढाउने उनको सपना रहेको थियो। ‘भाइबहिनीको पढाईबारे नआतिन अनुरोध गर्दथिन्। सधै सम्झाइरन्थिन्।’ ठुली आमाको भनाईलाई उदृढ गर्दै अधिकारीले भने।

गैडाकोटको अक्सफोड कलेज हुँदै भारतमा गएर समेत पढेकी थिइन्। एयरहोस्टेज भने साहारा एयरहोस्टेस एकेडीमीबाट पुरा गरेकी हुन्। इन्टरनेशलन एयरहोस्टेस पास गरेपछि कोरोनाको समयमा बाहेक अन्य समयमा निरन्तर काम गरेकी थिइन्।

उनको परिवार चितवनको माडी नगरपालिका ८ मा पाँच वर्षदेखि बसोबास गर्दै आएका छन्। पछिल्लो ६ महिनादेखि काठमाडौँमा बसोबास छ। अहिले माडीको अध्यपुरी शोकमा छ। छोरीको शव बुझ्न उनका बुबा मोहन आले मगर र आमा सबनम आले मगर पोखरा पुगेका छन्। ओसिनका ठूला बुबाहरु पनि शव बुझ्न माडीबाट पोखरा गएको अधिकारीले बताए। माडी नगरपालिकाका प्रमुख, वडाध्यक्ष समेत आफन्तलाई सान्तोना दिइरहेका छन्।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको जहाज १० बजेर ५८ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर, अवतरणका लागि अन्तिम तयारी गर्दैगर्दा जहाज एकाएक पोखरा महानगरपालिका–७ र १५ को बीचमा पर्ने मितेरी पुल नजिकै सेतीखोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो।

जहाजमा ६८ जना यात्रु र चालकदलका चारसहित ७२ जना सवार थिए। दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ भने अझै ३ जना वेपत्ता छन्।

प्रकाशित: २ माघ २०७९ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App