२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

झापामा छैटौं 'राष्ट्रिय भाक्का दिवस' मनाइदै

आज झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइदै छ।  कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउदै आएका छन्। चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो।

झापाको बिर्तामोडमा आज सांस्कृतिक कार्यक्रम सहित छैटौं भाक्का दिवस मनाइदैछ।राजवंशी विकास समितिको आयोजनामा भएको कार्यक्रम बिभिन्न स्वादका अचार र तरकारी सहित भाक्काको स्टल राखिएका छन्।

सो समुदायका महिलाले आफ्नो मौलिक पोशाक पेटानी लगाएर भाक्का पकाइरहेका छन्।पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य समुदायले पनि रुचाएपछि भक्का खाने प्रचलन बढेको छ।

कोच राजवंशी समुदाय बाहिर पनि यो परिकार प्रचलनमा आएपछि भाक्काको व्यवसायीक प्रबर्द्धन गरेको पाइन्छ। खानेकुरामा सिमित रहेको भाक्का यतिबेला राजवंशी समुदायको पहिचानसँग समेत जोडिएको देखिन्छ।

ग्लोबल नेप्लिज सेफ फेदेरेसन झापाले भाक्का दिवसका अवसरमा भाक्कालाई नयाँ स्वाद सहित प्रदर्शनमा राखेको छ। फेदेरेशनले भाक्कालाई तिनतारे होटलको मेनुमा समेत राख्न तयारी गरिरहेको फेदेरेसनका झापा अध्यक्ष राज पौडेलले बताए।

पुर्वी तराईमा भाक्कालाई जाडोको मौसममा चोकमा पाइने एक सामान्य खाजाको रूपमा लिने गरेको भएपनि भाक्का दिवस मनाउन थालिएपछी यसको चर्चा बढेको छ।

चामल र कनिकाको पिठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ। पिठोमा कुनै मिसावट नहुने हुँदा यसलाई स्वस्थकर परिकारको रुपमा लिइन्छ।

पुर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा पनि यसको लोकप्रियता बढ्दै गएको छ।

प्रकाशित: २९ पुस २०७९ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App