५ वैशाख २०८१ बुधबार
समाज

सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक गराउन प्रदर्शनी

विद्यार्थीले हासिल गरेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यास गराउन इटहरीको एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले कला, प्रविधि तथा विविधतासम्बन्धी प्रदर्शनी गरेको छ।

नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई कक्षामा सिकेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन प्रदर्शनी गरिएको हो। विद्यार्थीले पाठ्यक्रममा सिकेका विज्ञान, भाषा, गणित, प्रविधि, सामाजिक शिक्षा, वातारण, स्वास्थ्य तथा शारीरिक, संगीतलगायतमा तयार पारेका विभिन्न परियोजना कार्यलाई समावेश गरेर प्रर्दसनी गरियो।  

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवबाट उद्घाटन गरिएको कार्यक्रमले विद्यार्थीहरूलाई स्वरोजगार र सीपयुक्त बनाउन सहयोग पु¥याएको विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले बताए।  

प्रदर्शनीले बालबालिकाका रुचि र क्षमतालाई अभिव्यक्त गर्न सहयोग गर्ने हुँदा प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमै समावेश गरेर यस खालको कार्यक्रम आयोजना गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले बताए।  

प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट, वाटरबोट, खगोल–भूगोल, थारूहरूका कलाकृति, पर्यावरण, हस्तकला, ज्वालामुखीलगायत विभिन्न एक सय प्रदर्शनी राखेका थिए। प्रदर्शनीमा अभिभावकहरू, इटहरीका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समितिका सदस्य एवम् अभिभावक प्रतिनिधि तथा स्थानीयवासीहरूले समेत अवलोकन गरेका थिए। प्रदर्शनीलाई अवलोकन गरेपछि प्रजिअ यादवले कला र प्रविधिको सुन्दर संयोजनले नै सार्थक जीवनयापन हुने बताए। कलाकार विक्रम श्रीले अबको शिक्षा जीवनोपयोगी र प्रयोगशील हुनुपर्ने कुरा एसओएसबाट सिक्नुपर्ने बताए।  

आश्रयहीन बालबालिकाको आवासीय हेरचाहसहित समुदायका बालबालिकालाई पनि शिक्षा दिँदै आएको एसओएस हर्मन माइनर विद्यालय विश्वभर १३५ देशमा सञ्चालनमा रहेको छ।  

प्रकाशित: २२ पुस २०७९ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App