१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पानी नपरेपछि बढ्यो प्रदूषण

पानी नपरेकाले केही दिन यतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेकाले तराईमा हुस्सु लाग्न थालेको र दिनहुँ वायू प्रदूषण बढिरहेको छ। सो शाखाले काठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ।

हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’ को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्यांकअनुसार भक्तपुर, काठमाडौं, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ।

काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) एक सय ५३ रहेको छ। यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ।

एक्यूआई सूचकांक सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआई पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआईलाई राम्रो मानिन्छ।

उक्त सूचकांक अनुसार एक सय ५० भन्दामाथि दुई सयसम्म अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्म अति अस्वस्थकर मानिन्छ। अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ। सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई बढी  जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन्।रासस

प्रकाशित: २१ पुस २०७९ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App