शीतलहर र अत्यधिक चिसो बढ्दै गएपछि खजुरा गाउँपालिकाले विद्यालयका पठनपाठन बन्द गर्ने भएको छ।
गाउँपालिका सञ्चालित सामुदायिक र निजी विद्यालयहरु तीन दिनसम्म बन्द हुने भएको हो। बदलिँदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिदा दिने निणर्य गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिए।
२० गतेदेखि २३ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले जनाए।
प्रकाशित: १९ पुस २०७९ १३:४६ मंगलबार