८ वैशाख २०८१ शनिबार
समाज

भोलिदेखि अवकाश पाउँदै गरेका उपरथी शाहीलाई छानबिन गर्न सेनाले ब्यारेकमै राख्यो

नेपाली सेनाले बुधवारबाट अवकाश पाउँदै गरेका उपरथी प्रेम शाहीलाई छानबिनका लागि ब्यारेकमै राख्ने निर्णय गरेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भोलि (बुधबार) देखि उमेर हदका कारण अवकाश पाउँदै गरेका शाहीलाई आर्थिक अनियमिता र कागजातसम्बन्धी मुद्दाको छानबिन गर्न ब्यारेकमै राख्ने निर्णय गरिएको हो।

‘हिरासतमै त होइन, छानबिनका लागि ब्यारेक भित्र राख्ने निर्णय भएको छ’, नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले नागरिकन्यूजसँग भने, ‘यो आजकै निर्णय हो।’

उनका अनुसार शाहीलाई छाउनीस्थित सैनिक अस्पतालमा स्वास्थ्य उपचारका लागि लगिँदै छ। शाही १५ दिनदेखि बिदामा बसेका थिए। उनले बुधवारबाट अवकाश पाउँदै थिए।

शाहीले उमेरसम्बन्धी मुद्दामा सोमबार मात्रै सर्वोच्च अदालतबाट सफाई पाएका थिए।  याे सफाईपछि उनकाे काम गर्ने समय एक बर्ष थपिएपछि याे विवाद बाहिर अाएकाे हाे।

प्रकाशित: १९ पुस २०७९ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App