४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

आज तराईमा दिनभर हुस्सु लाग्ने

आज  देशका पहाडी भूभागमा आंशिक बदली रही काठमाडौं उपत्यकासहित तराईमा हुस्सु र कुहिरो लागेको छ।जल तथा मौसम विभागका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन। मौसमविद् श्रष्ठका अनुसार तराईका अघिकांश जिल्लामा आज दिन भरी  हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ।आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ।

जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेतीले  अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु नहुने सल्लाह दिएका छन। 

प्रकाशित: १८ पुस २०७९ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App