८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँचीमा दुध लिन गएकी महिला मृत फेला

अर्घाखाँचीको शितगंगामा एक महिला मृत फेला परेकी छिन्। शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ईन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए।

आइतबार बिहान सिद्धाराबाट बहखोरमा दूध लिन गएकी थापा बहखोर नजिकैको खोल्सीमा मृत भेटिएको पौडेलले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १७ पुस २०७९ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App