१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शनिवार साँझ करिब ६ बजे म्याजिक जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटको माधवनारायण नगरपालिका ३ सखुअवास्थित चपुर गौर सडक खण्डमा सुकदेवचोकबाट चपुरतर्फ जाँदै गरेको ना.१ ज.६७४९ नं.को म्याजिक र गरुडाबाट सुकदेवचोकतर्फ जाँदै गरेको बा.३९ प.८८६५ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा माधवनारायण नपा २ का ६५ वर्षीय परमत्मा प्रसाद साह र माधव नारायण नपा ३ सखुअवाका ५५ वर्षीय गौकरण यादव रहेका छन्।

म्याजिक जीप र मोटरसाइकल एक आपसमा ठक्कर खाएपछि म्याजिक भाग्न खोजेको थियो। दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई सुकदेवचोकस्थित तराई सिटी हस्पिटलमा पु¥याउँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

म्याजिक चालक चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २७ वर्षीय महम्मद सहुल मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रकाशित: १६ पुस २०७९ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App