गएको २४ घण्टामा म्याग्दीको तातोपानीमा सबैभन्दा धेरै १०४.२ मिलिमिटर पानी परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार म्याग्दीपछि लुम्लेमा ७० मिलिमिटर, पोखराको लामापाटनमा ६४, पोखरामा ६०.२ मिलिमिटर पानी परेको छ ।
अहिले सुदूरपश्चिम प्रदेशको दक्षिण पश्चिम भूभागतिर पानी परिरहेको छ। पानी पारिरहेको यो प्रणाली दक्षिण पूर्वतिर सर्ने क्रममा रहेको भन्दै अब यसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई र पहाडी क्षेत्रमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८३ १३:०८ मंगलबार





