५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन्।

उनीहरुले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन्।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन शुरु गरेको अधिकारर्मी रुबी खानले बताइन्।

उनले निर्मला र नन्कुन्नी न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताइन्। सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेकोमा उनले आपत्ति जनाइन्। उनले सरकारले आन्दोलनकारीहरुसँग दुई पटक वार्ता गरेको तर पनि मुद्दा अदालतसम्म पु¥याउन नसकेको बताइन्। प्रहरीले नै अपराधीको रक्षा गरिरहेको भन्दै उनले आपत्ति जनाइन्।  

उनले भनिन्, ‘निर्मला कुर्मीको न्यायका लागि तेस्रो चरणको आन्दोलन लिएर आएका छौँ। पहिलो चरणमा २० दिनको पैदल यात्रा गरेर काठमाडौं आयौँ, दोस्रो चरणमा ४२ दिनसम्म आन्दोलनमा बस्यौँ। तेस्रो चरणमा आजबाट आन्दोलनमा छौँ। सम्पतीको लागि नै उहाँलाई बन्धक बनाएर राखियो, यातना दिइयो र हत्या गरियो। तर अहिलेसम्म सरकारले आन्दोलनकारी महिलासँग २ पटक वार्ता गरेको छ, तर अदालतसम्म मुद्दा पुगेको छैन, अनुसन्धान गरेका छौँ मात्रै भनेको छ, प्रहरीले नै प्रमणहरु नष्ट गरेको छ। प्रहरीले नै अपराधीको रक्षा गरेको छ।'  

प्रकाशित: १५ पुस २०७९ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App