५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

हावाबाट विजुली

हावाबाट विजुली निकाल्न सकिने तथ्य पता लागे पनि नेपालमा अझैसम्म पनि हावाबाट विजुली निकालेर उपयोगमा ल्याउन सकिएको छैन। यही अवस्थालाई मध्यनजर गरी यसबारे थप अध्ययन अनुसन्धान अगाडि बढाउन भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा हावाबाट विजुली निकालिने भएको छ। जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले उपलव्ध गराएको उपकरणहरुको प्रयोग गरी यहाँं डेमोको रुपमा हावाबाट विजुली निकाल्न लागिएको हो। यसका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु विहीबार एक कार्यक्रमवीच कलेजलाई हस्तान्तरण गरिएको छ।  

कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेपालमा हावाबाट विजुली निकाल्न सभ्भाव्यता अध्ययनलाई थप बजबुद बनाउन यहाँं डेमोको लागि हावाबाट विजुली निकाल्न लागिएको जनाए। यसका लागि कलेज भबनको छतमा यो प्रविधि जडान गर्न खोजिएको छ। कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुलाई प्रेरणा दिई उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेजको भबनमा र कलेजसँंग सम्वन्वय गरी यो कार्य गरिएको जनाएको छ। साथै विद्यार्थीलाई पनि यस प्रविधिकोबारेमा जानकारी गराई थप अनुसन्धानमा सहयोग गराउने उद्देश्य कलेजको छ।  

यसका लागि संस्था र कलेजवीच एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ र जापानको जेइएसए संस्थाका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले हस्ताक्षर गरेका छन्।  

उपलव्ध सामानहरु जोडेर केही दिनभित्रै विजुली निकालिने कलेजले जनाएको छ। यस अनुसन्धानबारे विद्यार्थीलाई पनि कक्षामा अभ्यास गराइने कलेजले जनाएको छ।  

जनाइए अनुसार कलेज भबनको छतमा एउटा एन्टेना ९फलामको रड० मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिने छ। त्यसपछि त्यसको बेगबाट विजुली स्टोर हुनेछ। त्यही स्टोर भएको विजुलीबाट आवश्यकता अनुसार विजुलीको प्रयोग गरिने छ। जनाइए अनुसार यसबाट पाँंच सय वाटको विजुली उत्पादन हुने छ।

जापानका लागि नेपाली फ्रेण्डशिप एम्वेसडर नरेश महर्जनका अनुसार यो डेमोको रुपमा मात्रै राख्न लागिएको हो। हावाबाट पनि विजुली उत्पादन सम्भब छ र यसै प्रविधिबाट नेपालमा पनि विजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा गर्न खोजिएको जनाइएको छ। नेपालका विभिन्न ठाउँंहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट विजुली उत्पादन गर्ने योजना अगाडि वढाउन यसो गरिएको जनाइएको छ।  

बताइए अनुसार हावाबाट विजुली निकाल्नका लागि सबैभन्दा पहिला फरक–फरक स्थानहरुमा कम्तीमा २ वर्ष हावाको बहाबको अध्ययन गरी तथ्यांक निकाल्नुपर्छ। सो तथ्यांक विश्लेषणबाट दैनिक, मासिक र वाषिर्क औसतमा कुन–कुन ठाउाहरुमा प्लान्ट राख्न सकिन्छ भन्ने पहिचान हुन्छ। त्यसपछि सम्भाव्यता भएका ठाउहरुमा आयोजनाको डिजाइन तयार गर्न र आयोजनाको प्रतिफलसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न कम्तीमा वर्ष दिन लाग्छ।

डीपीआर तयार भइसकेपछि उत्पादक कम्पनीलाई उत्पादनका लागि सरकारले इजाजत दिन्छ। त्यसपछि मात्रै कम्पनीले प्लान्टहरु राखेर विजुली उत्पादन गर्ने प्रक्रिया सुरु गर्छ। प्लान्ट जडान गरेर बिजुली उत्पादन गर्न ६ महिना लाग्छ।

हावाबाट विजुली निकाल्नका लागि सम्भाव्यता अध्ययन गर्ने विश्वको सबैभन्दा प्रचलित मोडेल मेसो स्केल मोडेल हो। यस अन्तरगत भूउपग्रहमार्फत १० वर्षको तथ्यांक लिएर विश्लेषण गर्ने प्रचलन छ। उक्त तथ्यांकलाई प्राविधिकरुपमा पुष्टि गर्न २ वर्ष परिक्षण गर्नुपर्छ। नेपालमा अहिलेसम्म यस्तो अध्ययन नै भएको छैन।

नेपाल जलस्रोतको धनी देश भएकाले उर्जाका लागि जलविद्युतमा बढी भर पर्नु स्वभाविक भए पनि वैकल्पिक उर्जालाई पुरै उपेक्षा गर्नु भविष्यका लागि खतरापूर्ण हुने विज्ञको कथन छ। त्यसैले उर्जा सुरक्षाका लागि स्रोतहरुको विविधिकरण गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ।

प्रकाशित: १४ पुस २०७९ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App