१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

सुन कारोबार मुद्दामा रकम असुली गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसी निलम्बनमा परेका छन्। 

मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

सिफारिस अनुसार उनलाई गृहले बिहीबार निलम्बन गरेको हो।  

केसीले बुटवलमा एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर फिर्ता गर्न २५ लाख रकम मागेका थिए। सिआइबीको टोलीले उनको निवासबाट ३५ तोला सुन र १८ लाख नगद बरामद गरेको थियो। 

प्रकाशित: १४ पुस २०७९ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App