२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

हिंसा प्रभावित महिला तथा बालबालिकाको लागि आश्रय गृह बनाउन माग

कपिलवस्तुमा हिंसा प्रभावित महिला तथा बालबालिकाको लागि आश्रय गृह बनाउन माग गरिएको छ। जिल्लामा स्थाई आश्रय गृह निर्माण गर्न सरोकारवालाले जोड दिएका हुन्।

जिल्ला समन्वय समिती कपिलवस्तु र साथी संस्थाको आयोजनामा तौलिहवामा आयोजित लैङ्गिक हिंसा निवारणका लागि सामुहिक प्रयास अन्तरक्रियाका सहभागीहरुले सो कुरा उठाएका हुन्।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले हिंसा न्युनिकरणका साथै हिंसा प्रभावितलाई साथी संस्थाले दिदै आएको आश्रय गृहका लागी स्थाई पुर्वाधार निर्माण गरी अघि बढनु पर्ने बताए। साथी सस्थाले वर्षौंदेखि संचालनमा गर्दै आएको आश्रय गृह अहिले पनि तौलिहवाको घरेलु तथा साना उद्योग कार्यालयको छेउमा अस्थायी घरमा संचालनमा छ।

लैङ्गिक हिंसा र घरेलु हिंसा प्रभावितका लागि सञ्चालन गरिएको आश्रयगृहका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न सकिए पुर्वाधारका लागी प्रदेश सरकारमा पहल गर्ने आचार्यले बताए।

सो अवसरमा संयुक्त राष्ट्र संघ सिड कमिटिकी सदस्य बन्दना राणाले महिला बालबालिका माथि हिंसाको बिषयलाई सरोकारको बिषय बनाउन आवश्यक रहेको बताइन्।

साथी संस्थाले नेपालमै पहिलो पटक सन १९९५ देखी र कपिलवसतु जिल्लामा सन् २००८ देखी हिंसा प्रभावितका लागी आश्रय गृह सञ्चालन गरेको राणाले बताइन्।

प्रजिअ धर्मेन्द्र कुमार मिश्रले लैङ्गिक हिंसा रोक्न बिद्यालय स्तरबाटे यो शिक्षालाई लानु पर्नेमा जोड दिए। उनले टोल तहकै सञ्जालिकरण र सचेतनाका कार्य आवश्यक रहेको बताए।

जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीले लैङ्गिक हिंसाका मुद्दालाई जटिल बनाउनु भन्दा पनि यर्थातपरक बनाउनु पर्नेमा जोड दिए।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले आश्रय गृहको निरन्तरताका लागि जग्गाको व्यवस्थापन भए जिल्लाका सबै पालिकाले पुर्वाधार निर्माणका लागि सहयोग गर्ने बताए। बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले हिंसा प्रभावितलाई न्यायमा पहुचँ पुर्याउन स्थानीय तहका जनप्रतिनिधी तत्पर रहने बताए।  

प्रकाशित: १३ पुस २०७९ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App