रौतहट सदरमुकाम गौरमा दर्जनौँ मानिसलाई टोकेर घाइते बनाउने कुकुरलाई प्रहरीले मारेको छ। सेफड जातिको कुकुर केही दिनदेखि गौर बजारको विभिन्न चोकमा सर्वसाधारणलाई टोकेर घाइते बनाउँदै आएकोमा प्रहरीले कुकुरलाई मारेको हो।
साँझ र बिहानको समयमा बजारमा कैयौँ मानिसलाई कुकुरले टोकेको खबर फैलिएपछि सर्वसाधारण त्रसित बनेका थिए। मानिसलाई टोक्ने कुकुरको पहिचान भएपछि प्रहरीले नियन्त्रणमा लिएर कुकुरलाई मारेको हो।स्थानीय प्रहरीका अनुसार समाजमा त्रास फैलाएको र रेबिज रोग फैलिने डर भएकोले स्थानीय जनप्रतिनिधिको सुझाव अनुसार कुकुरलाई मारेको हो।
प्रकाशित: १२ पुस २०७९ १२:३० मंगलबार