१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरधाममा

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह शुक्रबार दैनिक महागङ्गा आरतीमा सहभागी भएर सङ्कल्प पूजा गरेका छन्।

परिवार सहित जनकपुरधाम आएका पूर्व राजा ज्ञानेन्द्र शाहले पवित्र सरोवर गंगासागरमा सञ्चालित दैनिक महागङ्गा आरतीमा जानकी र गंगाको सङ्कल्प पूजा गरेका हुन्।

गंगासागरमा सञ्चालित गंगा आरतीको मनोरम दृश्य देखेर पूर्व राजा शाह मन्त्रमुग्ध भएका थिए। उनले गंगा आरतीको प्रशंसा समेत गरे।

पूर्व राजा शाह भोलि (शनिबार) बिहान जानकी मन्दिरमा जानकीको विशेष पूजापाठ गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ८ पुस २०७९ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App