२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

अनुसन्धान र अभियोजन कर्ताबीच समन्वय हुन जरुरी का.मु. प्रधानन्यायाधीश कार्की

फाइल तस्बिर

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरूपण गर्ने निकायबीचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताएका छन।  

शुक्रवार काठमाडौँमा भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन,न्याय निरूपण गर्ने निकायहरूको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायहरुबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताएका हुन । फौजदारी न्याय प्रणालीलाई विश्वसनीय बनाउन यससँग आवद्ध संस्था वा निकायहरूको सक्षता,निष्पक्षता,व्यावसायिकता र जबाफदेहिता अपरिहार्य रहेको उनले बताए। नेपालको फौजदारी कानुनी राज्य बनाउन फौजदारी न्याय प्रशासनको मेरुदण्डको रूपमा रहने सरकारी वकिलहरूको कुशल क्षमता, व्यावसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फौजदारी न्यायप्रणालीले गतिशीलता प्राप्त गर्नसक्ने पनि का.मु.प्रधानन्यायाधीश कार्की जानकारी दिए ।

संवैधानिक कानुनी एवम् संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरू हुँदै आएको पनि उनले स्पष्ट पारे ।का.मु.प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायका आयामहरूमा क्रमशः बिस्तार हुँदै गएको भन्दै धेरै नवीनतम विधिशास्त्रिय मान्यताहरू विकसित हुँदै गएको बताए । फौजदारी न्यायका परम्परागत मान्यता, अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना नभएको उनले बताए। का.मु. प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयनको लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको धारणा पनि उल्लेख गरे। कार्कीले अपराध अनुसन्धानमा  फौजदारी मुद्दाको विश्वसनीयताप्रति आशंका र टिप्पणीहरू हुन थालेको भन्दै त्यस प्रकारका आशंका र टिप्पणीहरूलाई इन्कार गर्न नहुने बताए।  

प्रकाशित: ८ पुस २०७९ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App