१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

८ वर्षदेखि फरार अभियुक्त पक्राउ

पक्राउ फरार अभियुक्त बुढाथोकी। तस्विरः महेश्वर

अदालतबाट दोषी प्रमाणित भए पनि बिगत ८ वर्षदेखि फरार रहेका यहाँका एक अभियुक्त प्रहरी नियन्त्रणमा परेका छन्। अदालतबाट गर्भपतन मुद्धामा दोषी करार भए पनि भाग्दै आएका जिल्लाको चौदण्डीगढी नगरपालिका १० का ७४ वर्षीय लट्टे भन्ने जगतबहादुर बुढाथोकी बिहीबार पक्राउ परेका हुन्।  

उनलाई पुनरावेदन अदालत राजविराजको ०७१ वैशाख १७ गतेको फैसला अनुसार दोषी प्रमाणित भई २ वर्ष ११ महिना १० दिनको कैद सजाय तोकिएको छ। तर, फैसला भएकै मितिदेखि फरार रहँदै आएका बुढाथोकीलाई त्रियुगा नगरपालिका ३ मोतिगडामा लुकिछिपी बसिरहेको अवस्थमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले नियन्त्रण गरेको हो।  

फरार सूचीमा रहेर खोजी कार्य भईरहेका उनलाई बिहीबार मोतिगडामा भेटेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए। उनलाई फैसला कार्यान्वयन गर्न शुक्रबार विहानै जिल्ला अदालतको जिम्मा लगाइएको पोदारले बताए। प्रहरीले बुझाएलगत्तै अदालतले पनि सजाय भुक्तानका लागि बुढाथोकीलाई कारागार शाखा गाईघाट पठाएको जनाएको छ।  

प्रकाशित: ८ पुस २०७९ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App