१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चिसोले धारामै हिउँ जम्न थाल्यो

फाइल तस्वीर

हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ। यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ। सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ। बाल्टिन लगायत अन्य भाँडामा जम्मा गरेर राखेको पानी समेत जमेर हिउँमा परिणत हुन थालेको सिमकोटका स्थानीयवासी माया लामाले बताइन्। दिउँसो घाम लागेपछि मात्रै जमेको हिउँ पग्लिने गरेको छ।

यस्तै उत्तरी चीनको सीमानाका हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी बस्दै आएका छन्। चिसो बढ्दै गएपछि हिल्सा प्रहरीचौकीका सुरक्षाकर्मी यसअघि नै सदरमुकाम फिर्ता भएका थिए भने सशस्त्र प्रहरी मात्रै सीमा सुरक्षामा रहँदै आएका छन्। मंसिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरीचौकी जिल्ला सदरमुकामतिर सर्ने गर्दछन्।

प्रकाशित: ६ पुस २०७९ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App