५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पाल्पामा ठुलो संख्यामा तोपका गोला भेटियो

पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठुलो संख्यामा तोपका गोला फेला परेका छन्।

जिल्लाको तानसेन नगरपालिका–४ गोला खानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्।

बाइसे/चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोल खान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले जानकारी दिए। अहिलेसम्म तीन सय गोला फेला परेको र उत्खननको क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ।

गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ। अहिले ती गोलाको सुरक्षित व्यवस्थापनको लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका छन्। 

फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढेको पाल्पा प्रहरीले जनाएको छ।  

प्रकाशित: ५ पुस २०७९ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App