१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जाँदाजाँदै उच्च कर्मचारी सरुवा

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकार छाड्ने बेलामा सहसचिवसरहका तीन उच्च कर्मचारीको सरुवा गरेका छन्। स्रोतका अनुसार मन्त्रालयमातहतको सहरी विकास महाशाखाबाट पदम मैनालीलाई भवन विभागअन्तर्गत भवन प्रविधि तथा अनुसन्धान केन्द्रमा सरुवा गरिएको हो।

यसैगरी मन्त्रालयअन्तर्गत योजना महाशाखामा कार्यरत रामचन्द्र दंगाललाई सहरी विकास महाशाखामा लगिएको छ। भवन प्रविधि तथा अनुसन्धान केन्द्रमा कार्यरत दिलीप भण्डारीलाई मन्त्रालयमातहत योजना महाशाखामा लगिएको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री चौधरीको चाहनामा तीन उच्च कर्मचारीको सरुवा गरिएको हो।

केही दिनअघि मात्र सहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई सरुवा गरिएको थियो। स्रोतका अनुसार उच्च कर्मचारीहरूको सरुवा गर्न सचिव आचार्यले चाहेका थिएनन् तर मन्त्री चौधरीको जोडबलले तीन उच्च कर्मचारीको सरुवा गरिएको स्रोतको भनाइ छ।

प्रकाशित: २ पुस २०७९ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App