२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महिला करणीको आरोपमा झाँक्री पक्राउ

झारफुकको बाहानमा महिलालाई करणी गरेको आरोपमा कपिलवस्तुमा एक जना झाँक्री (सोखा) पक्राउ परेका छन्।

गत मंसिर २० गते झारफुकको नाममा २७ बर्सिया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बाणगंगा नगरपालिका वडा नम्बर १० मेचखुरी गाएका २७ वर्षीय पप्पु हरिजन पक्राउ परेका हुन्।

बिरामी रहेकी महिलालाई निको पारी दिने बाहानामा मेचखुरीको कोटायिा माई मन्दिरमा रातिको समयमा लगेर हरिजनले करणी  गरेको प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताए।

पीडित महिलाको उजुरीका आधारमा हरिजनलाई मंसिर २७ गते पक्राउ गरिएको उनले बताए। पक्राउ परेका हरिजनले यस पूर्व पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको उनले बताए।

प्रकाशित: २८ मंसिर २०७९ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App